ब्राजिलमा एकै दिन साढे तीन हजारको मृत्यु एजेन्सी। ब्राजिलमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट तीन हजार ४७२ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि उक्त संख्यामा मृत्यु भएको हो। योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ८१ हजार ४७७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्