बुर्किनाफासोमा चार सैनिकको मृत्यु
एजेन्सी। उत्तर–मध्य बुर्किनाफासोमा बन्दुकधारीहरुको आक्रमणमा परी कम्तीमा चार सैनिकले ज्यान गुमाएका छन्। आक्रमणमा दुई घाइते भएका सुरक्षा स्रोतहरूले जानकारी दिएका छन्। सन् २०१५ बाट बुर्किनाफासोका जनता आतंककारी हमलाको कारण बिग्रिएको सुरक्षा अवस्थाको सामना गरिरहेका छन्। सो समयबाट हालसम्म यस्ता हमलामा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन्।
प्रतिक्रिया दिनुहोस्