अस्ट्रेलियाले रद्द गर्यो चीनको ‘बेल्ट एन्ड रोड’ परियोजना सम्झौता
बीबीसी। अस्ट्रेलियाले चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड’मा गरेको दुई सम्झौता रद्द गरेको छ। बुधबार अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका चार सम्झौता रद्द गर्ने बताए पनि अहिले दुई वटामा मात्रै केन्द्रित रहेको जानकारी दिए।
दुवै सम्झौता सीधै अस्ट्रेलियाले नगरेर भिक्टोरिया प्रान्तले २०१८ र २०१९ मा गरेको थियो। अस्ट्रेलियाको संघीय सरकारलाई कुनै पनि प्रान्तले गरेको निर्णय उल्ट्याउने अधिकार डिसेम्बरमा दिइएको थियो।
प्रतिक्रिया दिनुहोस्