अस्ट्रेलियाले रद्द गर्‍यो चीनको 'बेल्ट एन्ड रोड' परियोजना सम्झौता बीबीसी। अस्ट्रेलियाले चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोडमा गरेको दुई सम्झौता रद्द गरेको छ। बुधबार अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका चार सम्झौता रद्द गर्ने योजना रहेपनि अहिले दुई वटामा केन्द्रित रहेको बताए।दुवै सम्झौता अस्ट्रेलियाको भिक्टोरिया प्रान्तले २०१८ र २०१९ मा गरेको थियो। अस्ट्रेलियाको संघीय सरकारलाई कुनै पनि प्रान्तले गरेको निर्णय उल्ट्याउने अधिकार डिसेम्बरमा दिइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्