'चीनमा विदेशी पत्रकारलाई सधैं स्वागत गरिन्छ' एजेन्सी। अस्ट्रेलियाका लागि चिनियाँ दूतावासका उपप्रमुख वाङ सिनिङले आफ्नो देशमा विदेशी पत्रकारलाई भेदभाव नगरिने, बरु स्वागत गरिने दाबी गरेका छन्। चीन छाडेर अस्ट्रेलिया फर्केका पत्रकार माइकल स्मिथले बुधबार आयोजित छलफल कार्यक्रममा चीनमा काम गर्न कठिन भएको बताएपछि चिनियाँ अधिकारीले यस्तो जवाफ दिएका हुन्। अस्ट्रेलियन फाइनान्सियल रिभ्युका पत्रकार स्मिथले भने, 'चीनमा विदेशी पत्रकारलाई स्वागत त गरिन्छ, तर चीनको प्रशंसा गर्नेलाई मात्रै।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्