भारतद्वारा नेपालका संघसंस्थालाई एम्बुलेन्स र बस उपहार
काठमाडौं। भारतले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न एम्बुलेन्स प्रदान गरेको काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतले नेपालका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई प्रत्येक वर्ष एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्