चीनमा हरेक वर्ष एक करोडका दरले जनसङ्ख्या घट्दै
एजेन्सी। चीनमा आगामी पाँच वर्षमा हरेक वर्ष एक करोडका दरले जनसङ्ख्या घट्ने दाबी गरिएको छ। चीनका गुआङडोङ एकेडेमी अफ पपुलेसन डेभलपमेन्टका निर्देशक डोङ युझेङ भन्छन्, “केही वर्षभित्र जनसंख्या गिरावट देखिनेछ। पाँच वर्षमा त हरेक साल करोडको दरमा यस्तो गिरावट आउनेछ।” चीनमा १४३ करोड मानिससहित संसारमै सर्वाधिक जनसङ्ख्या छ। चीनमा जन्मदर घटेको छ भने ज्येष्ठ नागरिक बढेका छन्।
प्रतिक्रिया दिनुहोस्