महात्मा बुद्धलाई खुसी पार्न आफ्नै बलि!
एनबीटी। थाइल्यान्डमा एक बौद्धभिक्षुले महात्मा बुद्धलाई खुसी पार्न आफ्नै शिर काटेर चढाएका छन्। यी भिक्षुलाई आफ्नो पुनर्जन्म हुने र त्यसपछि आफू उच्चस्तरको आध्यात्मिक व्यक्ति बन्ने विश्वास थियो। उनले पछिल्ला पाँच वर्षभन्दा बढी समय त्यागबारे विचित्रखालको अनुष्ठानको योजना बनाउँदै आएको स्थानीयले बताएका छन्। भिक्षुले आफ्ना पूरा योजना सिंगमरमरमा लेखेका थिए। आफ्नो शिर काट्नु बुद्धलाई खुसी पार्नु हो भन्ने उनको बुझाइ थियो।
प्रतिक्रिया दिनुहोस्