पशुपतिनाथ र गुह्येश्वरीमा दर्शनार्थीलाई रोक काठमाडौं। पशुपतिनाथ र गुह्येश्वरीलगायतका मन्दिरमा नित्य पूजा मात्रै हुने भएको छ। नेपाल सरकारको निर्देशनअनुसार बैशाख १० गतेदेखि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने निर्णय गरेको पशुपति क्षेत्र विकास कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जारी गरेको विज्ञप्तिकाअनुसार कोरोना संक्रमण बढिरहेकाले नित्य पूजाबाहेकका गतिविधिमा रोक लगाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्