नक्कली नागरिकता बनाइ जग्गा ठगी गर्ने १० जना पक्राउ झापा। मृत्यु भएका व्यक्तिको नाममा नक्कली नागरिकता बनाइ जग्गा ठगी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मंगल सिंह राजवंशी, नवीन कोइराला, लिलाधर राजवंशी, बलराम बिश्वकर्मा, भुपदेव कटुवाल, लेखनाथ खनाल, गोविन्द वान्तवा, देवीप्रसाद पाण्डे, रञ्जु राई र राजन विश्वकर्मा रहेका छन्। उनीहरूले मृत्यु भइसकेका बिर्तामोडका टुंगबहादुर बस्नेतको नाममा नक्कली नागरिकता बनाइ जग्गा ठगी गरेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्