पशुपतिनाथमा आजदेखि दर्शनमा रोक
काठमाडौं। विश्वभर फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै आजदेखि अनिश्चितकालका लागि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई पुजा गर्न र दर्शनमा रोक लगाइएको छ।
बिहीबार पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गरी वैशाख १० गतेदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाउने निर्णय गरेको हो। भक्तजनको असुविधाप्रति कोषले माफी पनि मागेको छ।
प्रतिक्रिया दिनुहोस्