पश्चिमी वायुको प्रभाव : क्षणिक तथा हल्का वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरीसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्