बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष पक्राउ <p>काठमाडौं। बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत&nbsp;१३ वर्षअघिको एक सवारी ज्यान मुद्दामा पक्राउ परेका छन्।&nbsp;</p> <p>बारा जिल्ला अदालतले २९ भदौ २०६३ मा सवारी ज्यानमुद्दामा राउतलाई २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।&nbsp;</p> <p>अदालतले कैदसजाय तोकेका अभियुक्तहरु पक्राउ गर्ने क्रममा राउतलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले देखापढीलाई बताए।&nbsp;</p> <p>अदालतको आदेश कार्यान्वयनका लागि राउतलाई अदालतमा उपस्थित गराइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्