लाप्राक नमूना बस्ती लालपूर्जासहित लाभग्राहिलाई हस्तान्तरण
काठमाडौं। लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले घरहरु लाभग्राहीलाई हस्तान्तरण गरेका हुन्। ५७ करोड ६६ लाख ४ हजार ८३६ रुपैयाँ लागतमा बस्ती निर्माण गरिएको संघले जनाएको छ। संघले ५ सय ७३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको हो।
प्रतिक्रिया दिनुहोस्