नेपालसहित पाँच देशका १५३ सैनिक दिक्षित
काठमाडौं। नेपाली सैनिक प्रतिष्ठानमा आयोजना गरिएको दिक्षान्त समारोहमा नेपालसहित पाँच देशका १५३ सैनिक अधिकृत दिक्षित भएका छन्।
दिक्षित सैनिक विद्यार्थीमा नेपाल, केन्या, जाम्बिया, माल्दिभ्स र श्रीलंकाका रहेका छन्। दिक्षित हुनेमा पुरुष १२९ र महिला २४ जना रहेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा उतारी कुशल नेतृत्व बन्न सफल हुन सबैलाई शुभकामना दिएका थिए।
प्रतिक्रिया दिनुहोस्