डोटीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो डोटी। दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मंगलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी निज महिला डोटीको आदर्श गाउँपालिका–१ बाँझकाकनी बस्ने ४५ वर्षीया वसन्ती लुहार रहेकी छन्। निजको हत्या गरेर फालेको हुनसक्ने स्थानीयको अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्