नुवाकोटमा ११ वर्षीया बालिका बलात्कृत
काठमाडौं। नुवाकोटमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा तार्केश्वर गाउँपालिका–३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारको खबर पाउनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्