भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना काठमाडाैं। भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। साल्पासिलिछो-२ कुलुङबाट टेम्केमैयुङको दिल्पा गाउँमा जन्ती हिँडेको ग. ३ च ३६३२ नम्बरको फोर्स गाडी षडानन्द नगरपालिका-५ चिउरीबोटेमा विहान ५‍.३० मा दुर्घटना भएको हो। घाइते हुनेमा साल्पासिलिछो- २ का घनश्याम गिरी, बालकृष्ण गिरी, वासुदेव गिरी, निलबहादुर चाैहान रहेकाे प्रहरीले बताएको छ। गाडीमा १४ जना सवार थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्