पीपीएलः बुटवललाई १४१ रनको लक्ष्य

काठमाडौं। कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित धनगढी ब्जुलले पोखरा प्रिमियर लिग (पीपीएल)मा बुटबल ब्लास्टरलाई १४१ रनको लक्ष्य दिएको छ।

दीपेन्द्रसिंहले ६१ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको धनगढीले १९.५ ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो।

दीपेन्द्रसिंहले ४५ बलमा ६ चौका र दुई छक्कासहित ६१ रन बनाए। दीपेन्द्रसिंहबाहेक सन्दीप जोराले ३९ र सौरभ खनालले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। धनगढीले अन्तिम १० बलमा चार विकेट गुमाएको थियो।

बुटवलका अभिनाष बोहराले चार विकेट लिँदा ललितसिंह भण्डारीले तीन विकेट लिए। कप्तान सोमपाल कामीको नाममा एक विकेट रह्यो।

धनगढीले यसअघिको तीनमध्ये एक खेल मात्र जितेको छ। बुटवलले तीन खेलमा दुई जित हात पारेको छ।

आजै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्