भारतमा चुनावी सभा प्रतिबन्ध
नयाँदिल्ली। कोरोनाको संक्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको छ। पछिल्ला हप्ताहरूमा कोरोनाको संक्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएको छ।
भारतका राज्यहरूमा यो वर्ष शृङ्गलावद्ध चुनाव हुँदैछ। निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौं पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ।रासस
प्रतिक्रिया दिनुहोस्