म्यानमारमा प्रदर्शनकारीमाथि सेनाको बर्बरताः ७३९ जना मारिए
काठमाडौं। म्यानमारमा सैनिक ‘कू’ पछि प्रजातन्त्र पुनस्थापनाको माग गर्दै भएका प्रदर्शनमा सुरक्षा फौजले चलाएको गोली लागि ७३९ जनाको मृत्यु भएको छ।
म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्स (एएपीपी)का अनुसार मारिनेमा ठूलो संख्यामा बालबालिका पनि छन्। म्यानमारको सुरक्षा फौजले फेब्रुअरी १ यता ३ हजार ३७० जना प्रदर्शनकारीलाई पक्राउ गरी थुनेको छ भने एकहजार ९९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्