भुकम्पले क्षति पुर्याएका ९२० मध्ये ४९३ सम्पदाको पुनर्निर्माण सम्पन्न
काठमाडौं। गत २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भएको र बाँकी २८८ वटाको पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। विश्व सम्पदा सूचीमा रहेकालगायत अन्य सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। धरहराको बैशाख ११ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्