भारतको उत्तराखण्डमा फेरि फुट्यो हिमताल
एजेन्सी। भारतको उत्तराखण्डस्थित चीनको सीमाक्षेत्र नजिक रहेको चामोलीको जोशीमठ भन्ने स्थानमा रहेको हिमताल शुक्रबार फुटेको छ। उत्तराखण्ड प्रहरीका अनुसार सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले हालसम्मको क्षतिको विवरण भने आइसकेको छैन। सो क्षेत्रमा बस्ती कम भएकाले क्षति पनि धेरै नभएको अनुमान प्रहरीको छ। उक्त क्षेत्रमा हाल भारतले सडक निर्माणको कामलाई तिब्रता दिइरहेको छ।
प्रतिक्रिया दिनुहोस्