हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ। हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्