एउटा यस्तो गाउँ, जहाँ एकजना पनि कोरोना संक्रमित छैनन् एजेन्सी। भारतमा अहिले दैनिक तीन लाखको हाराहारीमा कोरोना संक्रमित भेटिन थालेका छन्, तर त्यहीँ एउटा यस्तो गाउँ पनि छ। जहाँ आजका मितिसम्म एकजनालाई पनि भाइरसले छोएको छैन। त्यो भाग्यमानी गाउँ राजस्थानको सिकर जिल्लाको सुखपुरा हो। तीन हजार मानिस बस्ने सो गाउँ अहिलेसम्म महामारीमुक्त छ। गत वर्ष लकडाउन हुँदा सुखपुरामा मुख्य सडक बन्द गरियो र बाहिरबाट आउने कसैलाई पनि प्रवेश दिइएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्