भारतको सहयोगमा पाल्पामा तीन विद्यालय निर्माण काठमाडौं। भारतको सहयोगमा पाल्पास्थित रम्भा उच्च माध्यमिक विद्यालय, लक्ष्मी उच्च माध्यमिक विद्यालय र नव आदर्श बहुमुखी क्याम्पसको निर्माण कार्य सम्पन्न भएको छ। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती भवनहरु ९ करोड ८३ लाखको आर्थिक सहयोगमा निर्माण भएका हुन्। विद्यालयहरुको उद्घाटन शुक्रबार एक कार्यक्रमबीच भर्चुअल रुपमा दूतावासका पदाधिकारीले गरेका थिए। नवनिर्मित संरचनाहरुले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्