क्यानडाका प्रमले लगाए एस्ट्राजेनेकाको भ्याक्सिन एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एस्ट्राजेनेकाको भ्याक्सिन लगाएका छन्। शुक्रबार ओटावामा उनी र उनकी पत्नी सोफीले पनि यही भ्याक्सिनको पहिलो डोज लगाएका हुन्। एस्ट्राजेनेकाको भ्याक्सिन लगाउँदा रगत जम्ने प्रतिक्रिया आएपछि यसप्रति आशंका कायमै छ। प्रधानमन्त्री जस्टिनका अनुसार, क्यानडामा ३० प्रतिशत वयस्कले एस्ट्राजेनेकाको पहिलो खोप लगाइसकेका छन्। प्रधानमन्त्रीले नै एस्ट्राजेनेकाको खोप लगाएपछि यसबारेको आशंका कम हुने विश्वास गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्