भारतलाई ५० एम्बुलेन्स र स्वास्थ्यकर्मी सहयोग गर्दै पाकिस्तानी संस्था एजेन्सी। पाकिस्तानको इधी ट्रस्टले कोरोना महामारीसँग जुध्न मद्दतका लागि भारतलाई ५० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने भएको छ। ट्रस्ट प्रमुख फैसल इधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे पत्र लेखेर संकटमा परेको भारतलाई मद्दत गर्न आफू तयार रहेको बताएका हुन्। भारत यतिखेर कोरोनाको अनियन्त्रित कहरबाट पीडित छ। त्यहाँ विगत २४ घण्टामा तीन लाख ३२ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्