काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज, ८ असोजमा सुनको मूल्य प्रतितोला ७२ हजारमा कारोबार भएको छ । गत २ असोजमा प्रतितोला ७० हजार ७०० मा कारोबार भएको मूल्य त्यसपछि निरन्तर उकालो लागेको छ । यो ६ दिनको बीचमा मात्र सुनको भाउ प्रतितोला १३ सय रूपैयाँले बढेको छ ।
यसअघि ९ भदौमा सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी– प्रतितोला ७३ हजार ५०० पुगेको थियो । त्यसपछि कहिले घट्ने, कहिले बढ्ने गरेको सुनको मूल्य २ असोजदेखि भने निरन्तर उकालो लागेको छ ।
किन बढ्यो मूल्य ?
विश्व बजारमा सुनको मूल्य बढ्नुका थुप्रै कारण छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार चीन–अमेरिका व्यापार युद्ध, इरान–अमेरिका विवाद, शेयरको न्यून मूल्य लगायतका कारणले सुनको मूल्य बढेको बताउँछन् । “शक्तिशाली राष्ट्रबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता डलर र शेयर बजारमा लगानी गर्न उत्सुक छैनन्” उनी भन्छन्– “लगानीकर्ताको सुरक्षित क्षेत्रको रूपमा सुन परेपछि मूल्य आकाशिएको हो ।”
अहिले संसारभर नै शेयर बजार घट्दो क्रममा छ । व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य वृद्धि गराउन सघाउ पुर्याएका छन् । बजारका अन्य अवयव अस्थिर हुँदा सुनलाई सुरक्षित लगानीका रूपमा हेरिन्छ । यहीकारण पनि सुन लगानीकर्ताहरूको रोजाइमा पर्न थालेको हो । चीन र अमेरिकाको टकरावको असर एशिया र यूरोपको बजारमा परेको छ ।
यसको अर्को कारण के हो भने अमेरिका–चीन द्वन्द्वका कारण चीनले डलर मौज्दातको साटो सुन मौज्दात गर्न थालेको छ । महासंघका अध्यक्ष सुनार यो कारण पनि सुनको मूल्य बढेको बताउँछन् ।
संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक, फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउँदाको असर पनि बजारमा परेको छ । अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर करीब ०.२५ प्रतिशतले घटाएपछि बचतकर्ताले सुनमा लगानी बढाउन थालेका छन् । ब्याजदर घटेसँगै बचतकर्ताहरु विकल्पको रुपमा सुनतर्फ आकर्षित भएका हुन् ।
सुनको बजार मूल्य बढ्नुको अर्को कारण यूरोपियन यूनियनको शक्तिशाली सदस्य राष्ट्र जर्मनीको अर्थतन्त्रमा देखापरेको मन्दी पनि हो । मन्दीका कारण आर्थिक गतिविधि सुस्त भएपछि लगानीकर्ताहरू सुनमा आकर्षित भएका छन् । पछिल्लो समय हङकङ पनि निरन्तर राजनीतिक आन्दोलनको तनावमा छ । अर्थतन्त्रको सिद्धान्त अनुसार माग बढेपछि मूल्य अकासिएको हो ।
त्यसैगरी, जम्मु–कश्मीरको विवादले भारतीय रुपैयाँ (भारू) कमजोर भएको छ । परिणाम, नेपाल र भारतको सटही दर ‘फिक्स’ हुँदा डलर महँगो पर्न गएको छ । र, नेपालमा सुनको भाउ बढ्दो क्रममा छ ।
अमेरिकाको मेटल्स डेली डटकमका अनुसार भारत र चीन सुनका सबभन्दा ठूला बजार हुन् । भारतमा वार्षिक एक हजार २ सय टन सुनको खपत हुन्छ । चीनले सन् २०१६ मा ९७५ टन सुन खपत गरेको थियो । चीनले अहिले सुनको उत्पादन पनि बढाएको छ ।
नेपाली बजारमा सुनको मूल्य बढ्नुको अर्को कारण चालु आर्थिक वर्षको बजेटमा सुन तथा चाँदी जस्ता बहुमूल्य धातुमा बढाइएको भन्सार दर पनि हो । चालु आवको बजेटमा एक किलो सुनमा ८० हजार रूपैयाँ भन्सार शुल्क बढेको छ । यो बजेट आउनु अघि एक किलो सुनको भन्सार शुल्क चार लाख २० हजार पथ्र्यो । अहिले पाँच लाख पुगेको छ ।
कहाँ हुन्छ उत्पादन ? कसरी आउँछ नेपाल ?
सुन मुख्यतः अस्ट्रेलिया, क्यानडा र साउथ अफ्रिकामा उत्पादन हुन्छ । पछिल्ला वर्षमा चीनले पनि सुन उत्पादन शुरू गरेको छ ।
नेपालमा सुन मुख्यतः दुबई, हङकङ र स्वीटजरल्यान्डको बजारबाट आयात हुन्छ । र, वाणिज्य बैंकहरूले मात्र आयात गर्न पाउने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले सुन आयात र लगानीमा निरुत्साहित गर्न कार्यविधि बनाएर कोटा प्रणाली लागु गरेको छ ।
कार्यविधि अनुसार बैंकबाट व्यवसायीले दिनको कूल २० किलो सुन मात्र किन्न पाउँछन् । चाडबाडको समयमा भने तोकिएको मापदण्डभन्दा ५ किलो बढी बजारमा पठाइन्छ । पछिल्लो समय सुनको बजारभाउ तलमाथि हुन थालेपछि बैंकहरूले पनि आयातलाई महत्व दिएका छैनन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार अहिले बैंकमा करिब ६५० किलो सुन ‘स्टक’ रहेको छ ।
खपत भने घट्यो
मूल्य बढेसँगै चाडबाडको समयमा पनि सुनको कारोबार भने सुस्त देखिएको छ । सुनको मूल्य वृद्धि भएसँगै खपत घट्नु यसको प्रमुख कारण हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ६० हजार आसपास मूल्य हुँदा दैनिक २०–२५ किलो सुन खपत हुन्थ्यो । अहिले १० किलो पनि बिक्री हुन गाह्रो भएको व्यवसायीहरु बताउँछन् ।
समान्यतयाः सुनको मूल्य असार–साउनमा घट्ने आकलन गरिन्छ । तर, यो वर्ष साउनदेखि सुनको मूल्य उकालो लागेको थियो । केही उतारचढाव आए पनि अहिले पनि त्यो क्रम निरन्तर छ ।