काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधि पुरा गरेर आउँदो २९ माघमा निवृत्त हुँदैछन्।

२९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका खनालसँगै उनको ‘ब्याच’का प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूले पनि २९ माघमै अवकाश पाउनेछन्।

अर्थात् अबको पुगनपुग दुई महीनामा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ।

त्यसो भए को बन्ला त अबको प्रहरी महानिरीक्षक ? यस्तो कौतुहल अहिले प्रहरी संगठन भित्र मात्र होइन, आमरूपमा समेत चासो र चर्चामा छ।

अपराध अनुसन्धान र नियन्त्रण मुलभूत जिम्मेवारी भए पनि नेपाल प्रहरी कानून कार्यान्वयन र शान्ति सुरक्षा बहालीमा खटिने देशको प्रमुख सुरक्षा संगठन हो। त्यहीकारण पनि प्रहरीको नेतृत्वमा को आउला भन्ने विषय आम चासोमा समेत हुने गर्छ।

नेपाल प्रहरीले आफ्नो स्थापनाको ६४ वर्ष पार गरेको छ। ‘सत्ताको डन्डा’ भनिने प्रहरीको नेतृत्व चयनमा राजनीतिक नेतृत्व र सत्तारूढ राजनीतिक दलको ‘रूचि’ पनि उत्तिकै हुने गर्छ। राजनीतिक नेतृत्वले आफूअनुकुल प्रहरी नेतृत्व चयन गर्न चाहने हुँदा प्रहरी प्रमुखको नियुक्ति बेलाबेलामा तीव्र विवादमा समेत पर्छ।

यसपालि पनि त्यस्तो चर्चा शुरू भइसकेको छ। नेपाल प्रहरीका २६औं महानिरीक्षक खनालले अवकाश पाउने दिन नजिकिँदै गर्दा भइरहेको चर्चा भने यसअघि भन्दा भिन्न छ। भिन्न यसकारणले कि यसपालि प्रहरीले पाउने २७औं महानिरीक्षक मात्र होइन, २८ औं महानिरीक्षकको चर्चा पनि एकसाथ भइरहेको छ।

कारण, खनालपछि नेपाल प्रहरीको नेतृत्वमा पुग्ने व्यक्ति अहिलेकै कानूनी व्यवस्थाअनुसार पाँच महीनामा निवृत्त हुनेछन्। त्यसपछि २८औं महानिरीक्षकका रूपमा प्रहरीको नेतृत्वमा पुग्ने व्यक्तिले भने करीब दुई वर्ष संगठन हाँक्नेछन्।

पाँच महीना हुने आईजीपी
२६ औं प्रहरी महानिरीक्षक खनालले अवकाश पाएसँगै प्रहरीको नेतृत्वमा को पुग्ला ?

प्रहरी महानिरीक्षक नियुक्तिको अधिकार नेपाल सरकार (मन्त्रिपरिषद्)मा निहित छ। सरकारले अहिलेसम्म यसबारे कुनै औपचारिक तयारी शुरू गरिसकेको छैन।वर्तमान आईजीपी खनालपछिको वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु पुष्कर कार्की, ठुले राई र धिरू बस्न्यातले पनि खनालसँगै २९ माघमा अनिवार्य अवकाश पाउँदैछन्। खनालसँगै प्रहरी सेवा प्रवेश गरेका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले पनि २९ माघमै अनिवार्य अवकाश पाउनेछन्।

अवकाश पाउन लागेका डीआईजीहरु मनोज न्यौपाने, सुरेशविक्रम शाही, राजेन्द्रमान श्रेष्ठ, केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमलबहादुर जिटी, महेन्द्र कुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति वर्तमान आईजीपी खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्।

यो अवस्थामा खनालपछि प्रहरी नेतृत्वमा पुग्न तीनजना डीआईजी प्रवल दाबेदार देखिएका छन्।

कुनै अप्रत्यासित घटनाक्रम नभए खनालपछि डीआईजी ठाकुर ज्ञवाली, तारिणी लम्साल र सूर्य उपाध्यायमध्ये एक जना आईजीपी बन्नेछन्। उनीहरू तीनै जना २५ असार २०४७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।

तीन जना डीआईजीमध्ये ज्ञवाली प्रदेश १ प्रहरी कार्यालय प्रमुख छन्। लम्सालले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् भने उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख छन्।

अहिलेको व्यवस्था र संरचनाअनुसार उनीहरूमध्ये आईजीपी नियुक्त हुनेको कार्यकाल पाँच महीना मात्र हुनेछ।

प्रहरी अधिकारीहरू तीनजनामध्ये वरियतामा पहिलो नम्बरमा रहेका ज्ञवाली नै पाँच महीनाका लागि आईजीपी नियुक्त हुने बताउँछन्। एक पूर्वप्रहरी महानिरीक्षक भन्छन्,“लो–प्रोफाइलमा बसेर काम गर्न रूचाउने भएपनि फिल्ड कमाण्डदेखि प्रहरीको नीतिगत तहमा समेत ज्ञवालीको बेग्लै पहिचान छ।”

भावी नेतृत्वका लागि एआईजी बन्ने जोडबल
आईजीपी जो बने पनि ज्ञवाली, लम्साल र उपाध्यायले ३० वर्षे सेवाअवधिका कारण २५ असार २०७७ मा अनिवार्य अवकाश पाउने छन्। खनालले अवकाश पाउँदा उनीहरूमध्ये एकजना आईजीपी हुनेछन् भने बाँकी दुईजना एआईजीमा बढुवाका लागि प्रमुख दाबेदार बन्नेछन्।

एआईजीमा बढुवाका लागि सेवा प्रवेशका हिसाबले उनीहरू नै वरिष्ठ भए पनि डीआईजीमा बढुवा हुँदा पछिल्लो ब्याचकाहरूसमेत सँगै बढुवा भएकाले थप पाँचजना डीआईजी पनि प्रतिस्पर्धामा हुनेछन्।

अरु सबै २८ असोज २०७५ मा डीआईजीमा बढुवा भए पनि पोखरेल भने २९ बैशाख २०७६ मा डीआईजीमा बढुवा भएका थिए। तत्कालीन डीआईजी सुशिलकुमार भण्डारीको १० कात्तिक २०७५ मा जीप दुर्घटनामा मृत्यु भएपछि रिक्त पदमा पोखरेललाई बढुवा गरिएको थियो।

पोखरेलले समेत अरुलाई उछिन्नेगरी आफूलाई उभ्याएपछि अब तीनजना एआईजीको पदमा जम्मा सात जना डीआईजीको प्रतिस्पर्धा हुनेछ। तर, २५ असार २०७७ पछि प्रहरी महानिरीक्षक बन्नका लागि भने पाँच जना मात्र प्रतिस्पर्धामा हुनेछन्।

ती प्रतिस्पर्धीमा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट भर्खरै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका डीआईजी शैलेश थापा क्षेत्री, प्रहरी महानिरीक्षकको सचिवालयबाट महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरूवा भएका विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत निरजबहादुर शाही, प्रदेश २ प्रहरी कार्यालय प्रमुख प्रद्युम्न कार्की र विशेष ब्यूरोका प्रमुख हरिबहादुर पाल रहेका छन्।

एआईजीमा बढुवाका लागि मात्र होइन, बढुवामा पहिलो नम्बरमा को पर्ने भन्ने प्रतिस्पर्धा पनि उत्तिकै छ। किनभने वरियतामा अगाडि रहने एआईजी नै २५ असार २०७७ पछि आईजीपीका प्रमुख दाबेदार हुनेछन्।

यहीकारण पनि एआईजीमा बढुवाका लागि अहिले नै राजनीतिक लविङ र दौडधुप शुरू भइसकेको छ। २५ असार २०७७ पछि आईजीपी बन्नेले १९ बैशाख २०७९ सम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्। प्रहरीमा नयाँ नेतृत्व चयन भने सँधै अन्तिम घडीमा मात्र हुने गरेको छ। एआईजीमा बढुवा भएर कार्यअनुभव गर्न नपाएरै डीआईजीबाट सोझै आईजीपी बन्ने क्रम पछिल्लो समय निरन्तरजसो देखिएको छ।

राजनीतिक नेतृत्वले आफूनिकटलाई नेतृत्वमा पुर्‍याउन विधि र प्रक्रिया मिचेर बढुवा गर्न थालेपछि त्यसले संगठनमै क्षति पुर्‍याइरहेको पूर्वप्रहरी अधिकारीहरु बताउँछन्।
“प्रहरी संगठनलाई बलियो बनाउनेतर्फ नभइ कमजोर बनाउनेतर्फ बेला–बेलामा प्रयास हुने गरेका छन्”, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले भने, “अहिलेको नेतृत्वले बिदा लिन दुई महीना पनि बाँकी नहुँदा अर्को नेतृत्वको अहिलेसम्म टुंगो लाग्न सकेको देखिदैन।”

उनी प्रहरी नेतृत्व सम्हाल्ने व्यक्तिलाई दुई/चार महीना पहिले नै एआईजीमा बढुवा गरेर नेतृत्व विकासको प्रक्रिया थालनी गर्नुपर्ने बताउँछन्।

“एआईजी बनाएर आईजीपीको सचिवालयमा राखिदिँदा उसले प्रहरी नेतृत्वले गर्ने कामको ज्ञान बटुल्न सक्छ”, उनी भन्छन्, “त्यसपछि उसले नेतृत्व सम्हाल्दा सहज रूपमा अघि बढाएर लैजान सक्ने हुन्छ।” नेतृत्वका लागि माथिल्लो तह दौडधुप गर्न थालेपछि त्यसको असर तल्लो तहसम्मै पर्ने उनी बताउँछन्।

अरु बढुवा पनि चर्चामा
प्रहरीमा नेतृत्व फेरबदल हुने समयमा एआईजी र डीआईजीसँगै चार जना एसएसपी र दुईजना एसपीको पद पनि रिक्त हुँदैछ। अर्थात् अब आईजीपी को बन्ने भन्ने रस्साकस्सी मात्र छैन।

२९ माघमा रिक्त हुने १९ जना डीआईजीको पदमा बढुवा हुन लागि पनि प्रहरीभित्र चलखेल शुरू भइसकेको छ। त्यसपछिका एसएसपी र एसपीसहितका पदमा पनि आ-आफूलाई दाबेदार बनाउने लविङ शुरू भएको छ।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधि पुरा गरेर आउँदो २९ माघमा निवृत्त हुँदैछन्।

"> को बन्ला अबको आईजीपी ?: Dekhapadhi
को बन्ला अबको आईजीपी ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्