काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले नेत्रविक्रम चन्द समूहका युवा संगठनका उपत्यका संयोजक राजु घिमिरेलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका लगायत विभिन्न स्थानहरूका केही उद्योगी तथा व्यवसायीलाई फोन तथा मेसेज गरी चन्दा माग गर्ने, नदिएमा जस्तोसुकै भौतिक कारवाही गर्ने धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।
महाशाखाबाट खटिएको प्रहरी ३० मंसीरमा ललितपुरको कुमारीपाटीबाट उनलाई ६ थान मोबाइल र चन्द नेतृत्वको नेकपासँग सम्बन्धित विभिन्न दस्तावेजहरूसहित पक्राउ गरेको हो।
घिमिरेलाई आपराधिक लाभ लिन नहुने मुद्दामा थप अनुसन्धानको लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ।