प्रदेश २ मा कोभिड नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन काठमाडौं। कोभिड नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ। आज बिहान मुख्यमन्त्री लालबहादुर राउतले सर्वदलीय बैठक बोलाएर सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा सर्वदलीय संयन्त्र गठन गरेका हुन्। सर्वदलीय संयन्त्रमा नेकपा एमालेका नेता शत्रुधन महतो, कांग्रेसका रामसरोज यादव, माओवादी केन्द्रका भरत साह र जसपाका परमेश्वर साह र प्रदेशसभा सदस्य रामअशिष यादव छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्