राष्ट्रपति बाइडेन-एर्दोगानबीच जुनमा भेट हुने
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच जुन महिनामा भेटवार्ता हुने भएको छ। दुई नेताबीच शुक्रबार भएको फोनवार्तामा भेटको मिति तय गरिएको हो। जुनमा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरुको सम्मेलनका क्रममा भेट हुने इस्तानबुलस्थित टर्कीस् राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। फोनवार्तामा पछिल्लो समय विकसित विश्वराजनीति र कोरोनाका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिबारे कुरा भएको थियो।
प्रतिक्रिया दिनुहोस्