काठमाडौं। गैरआवासीय नेपाली (एनआरएनए)ले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै नेपालमा लगानी गर्न पाउँथे। तर, अब स्वदेशी र विदेशी दुवै लगानीकर्ताको हैसियतमा नेपालमा लगानी गर्न पाउने बाटो खुलेको छ।

उद्योग विभागकाे निर्णयअनुसार एउटै लगानीकर्ताले स्वदेशी वा विदेशी लगानीकर्ताको रूपमा लगानी गर्न पाउनेछन्। तर, स्वदेशी लगानीकर्ताको रूपमा लगानी गर्दा लगानी रकम र त्यसबाट प्राप्त नाफा विदेशमा लैजान भने पाउने छैनन्।

विदेशी लगानीकर्ताको रूपमा लगानी गर्दा त्यसबाट प्राप्त नाफा र लगानी फिर्ता लैजान पाउँछन्। विदेशी लगानीका लागि भने नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ। साथै सम्पत्तिको स्रोत देखाउनुपर्ने, लेखांकन र विदेशी मुद्रा भित्र्याउनु पर्नेछ।

नयाँ व्यवस्थाबारे विभागका सूचना अधिकारी विनोदकुमार खड्का भन्छन्, “लगानीकर्ताले एउटै कम्पनीमा पनि स्वदेशी र विदेशी लगानीको हिस्सा राख्न सक्छन्।”

स्वदेशी लगानीकर्ताको हैसियतमा आफ्नो पुर्ख्यौली सम्पत्ति देखाएर वा विदेशमा कमाएको सम्पत्ति नेपाल ल्याएर लगानी गर्न सकिने उद्योग विभागका कानून शाखा अधिकृत टंकबहादुर महत बताउँछन्।

गैरआवासीय नेपाली ऐन-२०६४ मा गैरआवासीय नेपालीले स्वदेशी र विदेशी लगानीकर्ताको हैसियतले लगानी गर्न सक्ने व्यवस्था छ। तर, यसको कार्यान्वयनका लागि नियमावली नबन्दा त्यसअनुसार लगानी गर्न पाएका थिएनन्। त्यसैले गैरआवासीय नेपालीले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै लगानी गर्दै आएका थिए।

नयाँ निर्णयपछि गैरआवासीय नेपालीले दुवै हैसियतमा लगानी गर्न सक्ने गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी बताउँछन्। उनका अनुसार नयाँ व्यवस्थाले केही सहज हुने भए पनि विदेशी लगानीको रूपमा आउँदा कसरी आउने भन्ने स्पष्ट हुनुपर्छ। “गैरआवासीय नेपालीले आफू बसेको देशको नागरिकता लिएपछि लगानी गर्ने विषयमा भने प्रष्ट हुनुपर्छ, यस्तो नभएमा समस्या आउन सक्छ,” उनी भन्छन्।

उद्योग विभागले गैरआवासीय नेपालीको लगानीमा नयाँ व्यवस्था गरे पनि यसअघि आएको वैदेशिक लगानी भने सोहीअनुरूप रहनेछ।

गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक अन्य सबै अधिकार नेपाली नागरिकसरह हुने व्यवस्था संविधानले गरेको छ। तर, कार्यान्वयनका लागि आवश्यक नियमावली भने बनिसकेको छैन।

" /> काठमाडौं। गैरआवासीय नेपाली (एनआरएनए)ले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै नेपालमा लगानी गर्न पाउँथे। तर, अब स्वदेशी र विदेशी दुवै लगानीकर्ताको हैसियतमा नेपालमा लगानी गर्न पाउने बाटो खुलेको छ।

उद्योग विभागकाे निर्णयअनुसार एउटै लगानीकर्ताले स्वदेशी वा विदेशी लगानीकर्ताको रूपमा लगानी गर्न पाउनेछन्। तर, स्वदेशी लगानीकर्ताको रूपमा लगानी गर्दा लगानी रकम र त्यसबाट प्राप्त नाफा विदेशमा लैजान भने पाउने छैनन्।

विदेशी लगानीकर्ताको रूपमा लगानी गर्दा त्यसबाट प्राप्त नाफा र लगानी फिर्ता लैजान पाउँछन्। विदेशी लगानीका लागि भने नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ। साथै सम्पत्तिको स्रोत देखाउनुपर्ने, लेखांकन र विदेशी मुद्रा भित्र्याउनु पर्नेछ।

नयाँ व्यवस्थाबारे विभागका सूचना अधिकारी विनोदकुमार खड्का भन्छन्, “लगानीकर्ताले एउटै कम्पनीमा पनि स्वदेशी र विदेशी लगानीको हिस्सा राख्न सक्छन्।”

स्वदेशी लगानीकर्ताको हैसियतमा आफ्नो पुर्ख्यौली सम्पत्ति देखाएर वा विदेशमा कमाएको सम्पत्ति नेपाल ल्याएर लगानी गर्न सकिने उद्योग विभागका कानून शाखा अधिकृत टंकबहादुर महत बताउँछन्।

गैरआवासीय नेपाली ऐन-२०६४ मा गैरआवासीय नेपालीले स्वदेशी र विदेशी लगानीकर्ताको हैसियतले लगानी गर्न सक्ने व्यवस्था छ। तर, यसको कार्यान्वयनका लागि नियमावली नबन्दा त्यसअनुसार लगानी गर्न पाएका थिएनन्। त्यसैले गैरआवासीय नेपालीले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै लगानी गर्दै आएका थिए।

नयाँ निर्णयपछि गैरआवासीय नेपालीले दुवै हैसियतमा लगानी गर्न सक्ने गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी बताउँछन्। उनका अनुसार नयाँ व्यवस्थाले केही सहज हुने भए पनि विदेशी लगानीको रूपमा आउँदा कसरी आउने भन्ने स्पष्ट हुनुपर्छ। “गैरआवासीय नेपालीले आफू बसेको देशको नागरिकता लिएपछि लगानी गर्ने विषयमा भने प्रष्ट हुनुपर्छ, यस्तो नभएमा समस्या आउन सक्छ,” उनी भन्छन्।

उद्योग विभागले गैरआवासीय नेपालीको लगानीमा नयाँ व्यवस्था गरे पनि यसअघि आएको वैदेशिक लगानी भने सोहीअनुरूप रहनेछ।

गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक अन्य सबै अधिकार नेपाली नागरिकसरह हुने व्यवस्था संविधानले गरेको छ। तर, कार्यान्वयनका लागि आवश्यक नियमावली भने बनिसकेको छैन।

"> एनआरएनएले अब स्वदेशी हैसियतमा लगानी गर्न पाउने: Dekhapadhi
एनआरएनएले अब स्वदेशी हैसियतमा लगानी गर्न पाउने
काठमाडौं। गैरआवासीय नेपाली (एनआरएनए)ले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै नेपालमा लगानी गर्न पाउँथे। तर, अब स्वदेशी र विदेशी दुवै लगानीकर्ताको हैसियतमा नेपालमा लगानी गर्न पाउने बाटो खुलेको छ।

उद्योग विभागकाे निर्णयअनुसार एउटै लगानीकर्ताले स्वदेशी वा विदेशी लगानीकर्ताको रूपमा लगानी गर्न पाउनेछन्। तर, स्वदेशी लगानीकर्ताको रूपमा लगानी गर्दा लगानी रकम र त्यसबाट प्राप्त नाफा विदेशमा लैजान भने पाउने छैनन्।

विदेशी लगानीकर्ताको रूपमा लगानी गर्दा त्यसबाट प्राप्त नाफा र लगानी फिर्ता लैजान पाउँछन्। विदेशी लगानीका लागि भने नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ। साथै सम्पत्तिको स्रोत देखाउनुपर्ने, लेखांकन र विदेशी मुद्रा भित्र्याउनु पर्नेछ।

नयाँ व्यवस्थाबारे विभागका सूचना अधिकारी विनोदकुमार खड्का भन्छन्, “लगानीकर्ताले एउटै कम्पनीमा पनि स्वदेशी र विदेशी लगानीको हिस्सा राख्न सक्छन्।”

स्वदेशी लगानीकर्ताको हैसियतमा आफ्नो पुर्ख्यौली सम्पत्ति देखाएर वा विदेशमा कमाएको सम्पत्ति नेपाल ल्याएर लगानी गर्न सकिने उद्योग विभागका कानून शाखा अधिकृत टंकबहादुर महत बताउँछन्।

गैरआवासीय नेपाली ऐन-२०६४ मा गैरआवासीय नेपालीले स्वदेशी र विदेशी लगानीकर्ताको हैसियतले लगानी गर्न सक्ने व्यवस्था छ। तर, यसको कार्यान्वयनका लागि नियमावली नबन्दा त्यसअनुसार लगानी गर्न पाएका थिएनन्। त्यसैले गैरआवासीय नेपालीले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै लगानी गर्दै आएका थिए।

नयाँ निर्णयपछि गैरआवासीय नेपालीले दुवै हैसियतमा लगानी गर्न सक्ने गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी बताउँछन्। उनका अनुसार नयाँ व्यवस्थाले केही सहज हुने भए पनि विदेशी लगानीको रूपमा आउँदा कसरी आउने भन्ने स्पष्ट हुनुपर्छ। “गैरआवासीय नेपालीले आफू बसेको देशको नागरिकता लिएपछि लगानी गर्ने विषयमा भने प्रष्ट हुनुपर्छ, यस्तो नभएमा समस्या आउन सक्छ,” उनी भन्छन्।

उद्योग विभागले गैरआवासीय नेपालीको लगानीमा नयाँ व्यवस्था गरे पनि यसअघि आएको वैदेशिक लगानी भने सोहीअनुरूप रहनेछ।

गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक अन्य सबै अधिकार नेपाली नागरिकसरह हुने व्यवस्था संविधानले गरेको छ। तर, कार्यान्वयनका लागि आवश्यक नियमावली भने बनिसकेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्