प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवनको शिलान्यास काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गरेका छन्। नेपाल सरकार र सैनिक कल्याणकारी कोषको लगानीमा निर्माण हुने सो अस्पताल ७५० शैय्या क्षमताको हुनेछ। उक्त अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपद्का समयमा ६ हजारलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्