होन्डाले २०४० पछि विद्युतीय कारमात्रै बनाउने
एजेन्सी। जापानको प्रख्यात कार निर्मार्ता कम्पनी होन्डाले सन् २०४० पछि विद्युतीय कारमात्रै उत्पादन गर्ने निर्णय गरेको छ। कम्पनीका नयाँ सीईओ तोसिहिरो मिबेले पद सम्हालेपछि पहिलो पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन्। कम्पनीले जैविक इन्धन कारको उत्पादन २०३० सम्म ४० प्रतिशत र २०३५ सम्म ८० प्रतिशत घटाउने योजना बनाएको छ। त्यसपछि २०४० मा पूरै विद्युतीय मोडलमा जाने सीईओ मिबेले बताए।
प्रतिक्रिया दिनुहोस्