पाकिस्तान जित नजिक

काठमाडौं। अजहर अली र बाबर अजमले शतक बनाएपछि श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले चौथो दिन पनि आफ्नो पकड कायमै राखेको छ।

अजहरले ११८ रन बनाउँदा बाबर अजमले अविजित १०० रन जोडे। अजहर र बाबरले तेस्रो विकेटका लागि १४८ रनको साझेदारी गरे। पाकिस्तानले ३९५–२ को स्थितिबाट चौथो दिन शुरू गरेको होे।

पाकिस्तानले चौथो दिन थाल्दा अजहर अली ५७ र बाबर अजम २२ रनको स्थितिमा थिए।

पाकस्तिानले ३ विकेट गुमाएर ५५५ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गर्‍याे। पाकिस्तानले इनिङ समाप्तीको घोषण गर्दा ४७५ रनको अग्रता लिएको थियो।

४७६ रनको लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंकाले चौथो दिन सकिँदा सात विकेट गुमाइसकेको छ। श्रीलंकाले २१२ रन जोडेको छ। श्रीलंकाका ओपनर ओसादा फर्नान्डोले १०२ रनमा अविजित छन्। फार्नान्डोबाहेक पाहुना टोलीका निरोशन दिकवेलाले ६५ रन बनाउनुबाहेक अन्यले उलेख्य प्रदर्शन गर्न सकेनन्।

अन्तिम दिन बाँकी रहँदा श्रीलंकाले जित्नका लागि अझै २६४ रन जोड्नु पर्नेछ। श्रीलंकाको हातमा अब तीन विकेट मात्र बाँकी छ।

पाकिस्तानका नासीम शाहले तीन विकेट लिँदा शाहिन अफ्रिदी, मोहम्मद अब्बास, यासिर शाह र ह्यारिस सोहिलले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्