कोभिड अस्पतालमा आगलागी हुँदा २७ जनाको मृत्यु एजेन्सी। इराकको राजधानी बगदादस्थित कोभिड–१९ अस्पतालमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ। अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी सुरु भएको थियो। इब्न अल–खतीब अस्पतालमा लागेको आगलागीमा परेका १२० जना बिरामी र ९० जना आफन्तलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। घटनामा दर्जनौ व्यक्ति घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्