मसानघाटमा लामो लाइन एजेन्सी। भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्न थालेपछि मृत्यु भएका मानिसको शव जलाउने ठाउँ पाउनै मुस्किल हुन थालेको छ। कानपुर लगायतका स्थानमा शव जलाउने स्थानको अभाव हुँदा मानिसहरु लामो लाइन लाग्न थालेका हुन्। भारतमा तीव्र बनेको संक्रमणलाई लिएर अवस्था थप भयावह बन्न सक्ने अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले बताएका छन्। त्यहाँ अक्सिजन अभावका कारण कोरोनाका बिरामीको मृत्यु हुन थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्