भारतमा रेलका डिब्बामा 'कोभिड केयर सेन्टर'
एजेन्सी। भारतको रेल मन्त्रालयले ५ हजार ६०१ वटा रेलका डिब्बालाई 'कोभिड केयर सेन्टर' मा परिवर्तन गरेको छ। अहिले नै कुल ३ हजार ८१६ कोच कोभिड केयर सेन्टरका रुपमा उपलब्ध रहेको र त्यसलाई कोभिड रेखदेख केन्द्रलाई दिन सकिने मन्त्रालयले बताएको छ। हालसम्म ४७ जना कोरोना विरामी कोभिड केयर सेन्टरमा भर्ना भइसकेका छन्। रेल मन्त्रालयले जतिसक्यो चाँडो डिब्बामा सञ्चालित केयर सेन्टर राज्य सरकारलाई दिन चाहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्