भारतका शीर्ष दशमध्ये नौ कम्पनीको मार्केट क्यापमा गिरावट
एजेन्सी। सेन्सेक्सको शीर्ष दशमध्ये नौ कम्पनीको बजार पुँजीकरण (मार्केट क्याप)मा गत साता सामूहिक रुपमा १,३३,४३३.६४ करोड(भारु)को गिरावट आएको छ। सातामा हिन्दुस्तान युनिलिभरलाई सबैभन्दा ठूलो झट्का लागेको छ। युनिलिभरको मार्केट क्याप ३४,९१४.५८ करोडबाट घटेर ५,४२,२९२ करोडमा ओर्लिएको छ। टाटा, रियालन्स, एचडीएफसी, एयरटेल, इन्फोसिस, कोटक महिन्द्रा बैंक लगायतको मार्केट क्याप घट्दा आईसीआईसीआई बैंकको भने बढेको छ।
प्रतिक्रिया दिनुहोस्