भारतमा बढ्दो कोरोनालाई लिएर ग्रेटा थनवर्ग चिन्तित एजेन्सी। स्विडेनकी पर्यावरण अभियन्ता ग्रेटा थनवर्गले भारतमा पछिल्लो समय अनियन्त्रित बनेको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गरेकी छन्। उनले ट्विट गर्दै भारतलाई सहयोग गर्न सबै देशसँग अनुरोधसमेत गरेकी छिन्। कोरोनाको नयाँ भेरियन्टबारे विश्व समुदायले आवश्यक कदम चाल्नुपर्ने र तत्कालै सहयोग गर्नुपर्ने बताएकी छिन्। थनवर्ग भारतको किसान आन्दोलनका क्रममा टुलकिट प्रकाशित गरेर विवादमा तानिएकी थिइन्। उनलाई कतिपयले भारतविरोधीको आरोपसमेत लगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्