इमाडोलमा नक्कली नोटको कारोबार
ललितपुर। महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट एक हजार दरको नक्कली नोट ५ थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हुम्ला सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुनबहादुर रावत रहेका छन्। उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। उक्त ठाउँमा नक्कली पैसाको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उक्त नोटसहित उनीहरुलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्