युरोप जान लागेका सवासयभन्दा बढी आप्रवासी लिबियामा डुबे
एजेन्सी। युरोपतर्फ हिँडेका सवा सयभन्दा बढी आप्रवासी लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्दार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन्। अहिले मौसम केही न्यानो भएकाले आप्रवासीहरु भूमध्यसागर पार गरेर अवैध रुपमा युरोपतर्फ जान्छन्। उद्दारकर्ताले बिहीबार करिब १३० जना सवार रबरको डुंगा लिबियाको राजधानी त्रिपोलीको उत्तरपूर्वी भूमध्यसागरमा देखापरेको बताएका छन्। उनीहरुले १० जनाको शव फेला पारेका छन्।
प्रतिक्रिया दिनुहोस्