अल्बानियामा आज संसद् चुनाव एजेन्सी। पूर्वीयुरोपेली मुलुक अल्बानियामा आइतबार संसद् चुनाव सुरु भएको छ। प्रधानमन्त्री एडी रामा तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। चुनावमा एक दर्जन विपक्षी दलहरुले ‘डेमोक्रेट्स गठबन्धन’ बनाउँदै प्रधानमन्त्री रामालाई चुनौती दिएका छन्। डेमोक्रेट्सका नेता लुलजिम बाशाले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री रामाले दुई कार्यकालमा अल्बानियालाई बर्बाद गरेकाले अब मौका दिन नहुने बताएका छन्। गरिब मुलुक अल्बानियको जनसंख्या २८ लाख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्