देशको सिस्टम फेलः राहुल गान्धी एजेन्सी। भारतीय कंग्रेसका नेता राहुल गान्धीले देशको ‘व्यवस्था विफल’ भएको आरोप लगाएका छन्। उनले भने, ‘‘कोरोनाले जनता पीडामा छन्, त्यो पीडा हटाउनु कंग्रेसको कर्तव्य हो।’’ सिस्टम फेल हुँदा जनहितको कुरा गर्नु राजनीतिक पार्टीको कर्तव्य भएको उनको भनाइ छ। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको रेडियो कार्यक्रम ‘मनकी बात’माथि व्यंग्य पनि गरे। उनले थपे, ‘‘विपद्को यो समयमा कंग्रेसी साथीहरू जनहितमा लाग्नोस्।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्