यो साता कोरोना संक्रमणले भारतमा २० नेपालीको मृत्यु काठमाडौं। यो साता कोरोना भाइरस संक्रमणले भारतमा २० जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघकाअनुसार भारतका विभिन्न राज्य तथा सहरमा उनीहरुको मृत्यु भएको हो। भारतमा पछिल्ला दिन संक्रमण बढेसँगै त्यहाँ रहेका नेपालीमा संक्रमण र मृत्यु हुने दर पनि बढेको छ। पछिल्लो चौबिस घण्टामा भारतमा ३ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिएको र २ हजार ७६१ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्