काठमाडौं। दिपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ले चलचित्रको प्रदर्शनमा सफलताको मानक मानिने ५१औं दिन पार गर्यो। २४ असोजबाट देशैभर ‘रिलिज’ यो चलचित्रले गएको १३ मंसीरमा ५१ औं दिन पार गरेको थियो।
त्यसअवधिमा ‘छ माया छपक्कै’ले १४ करोड रूपैयाँभन्दा बढी कमाएको निर्माण पक्षको दाबी छ। जबकि यो चलचित्र पुगनपुग साढे दुई करोड लगानीमा बनेको थियो। अर्थात् निर्माण पक्षले चर्चासँगै राम्रो आम्दानी पनि गर्यो, यो चलचित्रबाट।
नेपाली सिने उद्योगमा राम्रा चलचित्र बन्दैनन् र सिनेमा हलले नेपाली चलचित्र हेर्ने दर्शक पाउँदैनन् भन्ने टिप्पणी खुबै हुने गर्छ। पहिलो आरोप मुख्यतः हल सञ्चालकहरूले लगाउने गर्छन् भने दोस्रो आरोप चाहिं चलचित्र निर्माता–निर्देशकहरूले। नेपाली चलचित्र निर्माता–निर्देशकहरू त यतिसम्म भन्छन्– “नेपाली दर्शक नै नेपाली चलचित्र हेर्दैनन्।”
तर, माथि प्रस्तुत आँकडाले यी दुवै टिप्पणी र आरोप–प्रत्यारोपलाई गतिलो जवाफ दिन्छन्। अर्थात् राम्रा चलचित्रलाई न हलको चिन्ता छ, न लगानी नउठ्ने।
२०७५ सालभरमा ९६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए। तीमध्ये विपिन कार्की अभिनित ‘प्रसाद’, ‘छक्का पञ्जा–३’ लगायतले सजिलै लगानी सुरक्षित गरे। ‘छक्का पञ्जा–३’ ले त सबभन्दा धेरै १६ करोड रूपैयाँको कारोबार गरेको निर्माण पक्षको दाबी छ।
गत वर्ष निकै आशा गरिएका डमरुको डन्डिबियो, रोमियो एण्ड मुना, कायरा, मेरी मामु, रोज, गोपी, समर लभ, द म्यान फ्रम काठमाडौं, साइँली, क्याप्टेन, लभ स्टेशन लगायतका चलचित्रले भने साेचेजस्तो व्यापार गर्न सकेनन्। चलचित्र नचलेपछि निर्माता–निर्देशकले गर्ने टिप्पणी एउटै हुन्छ– ‘नेपाली दर्शक चलचित्र बुझ्दैनन्।’
यस वर्ष अहिलेसम्म ५० भन्दा बढी नेपाली चलचित्र ‘रिलिज’ भइसकेका छन्। तीमध्ये ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ले राम्रो व्यापार गरे। ‘छ माया छपक्कै’ले १४ करोड माथिको कारोबार गर्दा ‘कबड्डी कबड्डी कबड्डी’ले ११ करोड माथिको व्यापार गर्यो। ‘जात्रै जात्रा’ले पनि करोड क्लबमा ‘इन्ट्री’ गर्यो।
२४ असोजमा रिलिज भएको ‘छ माया छपक्कै’पछि भने नेपाली चलचित्रको बजार ओरालो लागेको छ। यसका अनेक कारण छन्।
कूल जनसंख्याको एक प्रतिशत हिस्सा पनि नेपाली सिनेमा हेर्न हलसम्म नपुग्ने हल सञ्चालकहरू बताउँछन्। यो आँकडाले सिने उद्योगमा भएको अर्बौंको लगानीप्रति आमधारणा दर्शाउँछ।
यसको अर्थ के दर्शक नेपाली चलचित्रप्रति रूष्ट बनेका हुन् भन्ने हो ? कलाकार दीपकराज गिरी भने दोष दर्शकको नभई चलचित्र निर्माताको भएको देख्छन्। अहिलेसम्म आफूले हेरेका नेपाली चलचित्रमध्ये ८० प्रतिशतले टाउको दुखाएको टिप्पणी उनले गरे। “प्रिमियर शो–हरूमा बोलाइन्छ, मैले हेरेका प्रिमियर शोमा सयवटा फिल्ममध्ये ८० वटाले टाउको दुखाए। पैसा नतिरेर हेर्नेलाई त यस्तो हुन्छ भने पैसा तिरेर चलचित्र हेर्ने दर्शकलाई कस्तो हुँदो हो ?”
चलचित्रकर्मीहरूका अनुसार कुनै पनि चलचित्र राम्रो बन्छ कि बन्दैन भन्ने कुरा सबभन्दा पहिले स्क्रिप्ट लेखकको हातमा हुन्छ। चलचित्र समीक्षक तथा निर्देशक प्रकाश सायमी स्क्रिप्ट राम्रो बनाउनेमा ध्यान दिने हो भने चलचित्रलाई उत्कृष्ट बनाउन सकिन्छ।
सायमीको भनाइमा पुराना अभिनेता सरोज खनाल पनि सहमत छन्। उनको भनाइमा चलचित्र राम्रो बन्छ वा बन्दैन भन्ने पहिलो आधार नै स्क्रिप्ट हो।
गिरी पनि यही धारणा राख्छन्। भन्छन्, “नेपाली दर्शक बुझ्ने भइसकेका छन्। कुन चलचित्र कस्तो बनेको छ, कस्तो कथावस्तुमा बनेको भन्नेबारे दर्शकले सजिलै आकलन गर्न सक्छन्।” उनले नेपाली सिने उद्योगमा सामान्य चलचित्र पनि नबनिरहेको, आफूसहितका चलचित्र निर्माता–निर्देशकले कैयौं वर्षदेखि दर्शकलाई मनोरञ्जनको नाममा 'टर्चर' मात्र दिइरहेको समेत बताए।
रहरमा चलचित्र बनाउने प्रवृत्ति मौलाउँदा पनि यो अवस्था आएको कतिपयको बुझाइ छ। हलिउड र बलिउडका चलचित्रहरू सारेर, कोरियन चलचित्रबाट पूरै प्रभावित भएर बनाउँदा पनि नेपाली चलचित्र ओरालो लागिरहेको गिरीको भनाइ छ। “यही गतिमा निर्माण भइरहने हो भने नेपाली चलचित्रले दर्शक नै नपाउने अवस्था आउन सक्छ”, उनले भने, “वर्षमा एक सयवटा फिल्म डुबाउनु भनेको दुई अर्ब बढीको लगानी डुब्नु हो।”
चलचित्र विकास बोर्डले जथाभाबि भइरहेको चलचित्र निर्माणलाई ध्यान दिन ढिलो गर्न नहुने उनको सुझाव छ। तर, बोर्ड भने यस्तो मान्न तयार छैन। नीति निर्माण गर्ने जिम्मेवारी बोर्डको भए पनि कुनै अमूक चलचित्र किन यस्तो बनाएको भनेर प्रश्न गर्ने अधिकार आफूहरूसँग नरहेको बोर्डका सदस्य–सचिव महेन्द्र प्रसाद साँखी बताउँछन्।
“राज्यले नीति बनाउने र नियमन गर्ने हो, यस्तो चलचित्र बनाऊ यस्तो नबनाऊ भन्यो भने हस्तक्षेप गर्यो भनेर आन्दोलन हुन्छ”, उनले भने, “बोर्डले यसमा केही गर्न सक्दैन।” नेपाली चलचित्रको ओरालो यात्राले बोर्डलाई चिन्तित बनाएको उनले बताए।
“एउटा उद्यमीले म उद्यम गर्छु, मलाई इजाजत देऊ भन्यो भने हामीले रोक्ने कुरा हुन्न, नेपाली चलचित्रलाई प्रदर्शनको वातावरण बनाइदिने काम पनि हामीले गरेकै छौं”, उनले भने, “बजार र दर्शकको चाहनाअनुसार फिल्म बन्न नसक्नु चलचित्र निमार्ताको कमजोरी हो। अब सरोकारवाला सबै निकाय सक्रिय भएर अघि बढ्नुको विकल्प छैन।”
अभिनेता सरोज खनाल भने साँखीको भनाइमा सहमत छैनन्। कमजोरी जसको भए पनि उसकै मात्र दोष देखाएर पन्छिने प्रवृति अब अन्त्य गर्नुपर्ने उनको भनाइ छ। “अब सरोकारवाला सबैले यसबारे सोच्ने बेला भइसक्यो”, उनले भने, “हामीले बर्सेनि दुई अर्ब डुबाउने कि त्यो लगानी उकासेर नेपाली चलचित्र उद्योगलाई माथि उठाउने ? यसका लागि कोही त अग्रसर हुनुपर्यो।”
" /> काठमाडौं। दिपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ले चलचित्रको प्रदर्शनमा सफलताको मानक मानिने ५१औं दिन पार गर्यो। २४ असोजबाट देशैभर ‘रिलिज’ यो चलचित्रले गएको १३ मंसीरमा ५१ औं दिन पार गरेको थियो।त्यसअवधिमा ‘छ माया छपक्कै’ले १४ करोड रूपैयाँभन्दा बढी कमाएको निर्माण पक्षको दाबी छ। जबकि यो चलचित्र पुगनपुग साढे दुई करोड लगानीमा बनेको थियो। अर्थात् निर्माण पक्षले चर्चासँगै राम्रो आम्दानी पनि गर्यो, यो चलचित्रबाट।

">