उपत्यकाका सिडिओ कार्यालयबाट १ हप्ताका लागि बन्द भएका ७ सेवा
काठमाडौं। राजधानी काठमाडौंका तीनवटै सिडिओ कार्यालयले सोमबारदेखि अत्यावश्यक सेवावाहेकका सबै सेवाहरू १ हप्ताका लागि बन्द गरेको छ। बन्द हुने सेवाहरूमा नागरिकता वितवरण, प्रतिलिपी कागजात, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नविकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता नविकरण रहेका छन्।
प्रतिक्रिया दिनुहोस्