मानव बेचबिखनमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने बिमला बिक, भरतपुर महानगरपालिका–१९ बस्ने केशबहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका–१ का नबराज अधिकारी रहेका छन्। उनीहरूमध्ये बिमलालाई कास्की, केशबहादुरलाई चितवन र नबराजलाई चितवनबाट शुक्रबार पक्राउ गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्